पछिल्लो चौबीस घण्टामा १६० जनामा कोरोना संक्रमण, दुईजनाको मृत्यु
 नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको छ ।

गएको चौबीस घण्टामा दुई हजार ३०९ जनाको पीसीआर परीक्षण गरिएकोमा १६० जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार २१५ पुगेको छ । त्यस्तै, गएको चौबीस घण्टामा १६५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६८ हजार ४३१ पुगेको छ । हाल क्वारेन्टिनमा ८७ जना छन् भने आइसोलेसनमा एक हजार ७३७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिज्ञापन