कोरोना भाइरसको कारण चीनमा झण्डै दुई लाख मानिस डाक्टरको निगरानीमा

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चीनमा झण्डै दुई लाख मानिसलाई डाक्टरको निगरानीमा राखिएको छ ।

 

बिज्ञापन

कोरोना तीव्र गतिमा फैलिँदै गएपछि एक लाख ८८ हजार एक सय ८३ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 

अहिलेसम्म ३७ हजार १ सय ९८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । शनिबार एकैदिन तीन हजार ९ सय १६ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिएको र उनीहरुमध्ये ८७ जना गम्भीर रहेका खबरमा उल्लेख छ ।

 

निगरानीमा राखिएका मध्ये अहिलेसम्म दुई हजार चार सय ४९ जना अस्पतालबाट घर फर्किएका छन् । चीनमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या आठ सय ११ पुगेको छ ।

 

हिजो ८९ जनाको ज्यान गएकोमा उनीहरुमध्ये ८१ जना हुबेई प्रान्तका रहेका छन् ।

 

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ‘सार्स’ का कारण ज्यान गुमाउनेको सङ्ख्याभन्दा धेरै भएको छ । सन् २००३ मा फैलिएको सार्सका कारण सात सय ७४ जनाले ज्यान गुमाएका थिए ।