विद्यार्थी नहुँदा एकै नगर पालिकाका १० विद्यालय बन्द

तनहुँ, फागुन ११ गते । तनहुँको शुक्लागण्डकी नगरपालिको ग्रामिण क्षेत्रका दश वटा सामुदायिक विद्यालयहरू विद्यार्थीको अभावको कारण बन्द भएका छन् । गाउँ छोडेर शहर झर्नेहरू बढेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिको ग्रामिण क्षेत्रका गाउँ रिक्तिन थालेपछि विद्यार्थी सङ्ख्या घट्दै गएकाले ती विद्यालय बन्द भएका हुन् ।

कतिपय ग्रामिण क्षेत्रमा निजी विद्यालय खुलेकाले सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको अर्को कारण हो । नगरपालिकाका शिक्षा शाखाका प्रमुख नवराज चापागाईँका अनुसार कुलुङ मर्दशा प्रावि, जलदेवि प्राथमिक विद्यालय, भैरव प्राथमिक विद्यालय, सूर्यादय प्राथमिक विद्यालय, इन्द्रज्योती आधारभूत प्राथमिक विद्यालय विद्यार्थी अभावले बन्द भएका छन् ।

बिज्ञापन

त्यस्तै शान्ति वर्ष प्राथमिक विद्यालय, सिमाना प्राथमिक विद्यालय, मर्दशा गुलशन प्राथमिक विद्यालय र दारुङ कुलुङ मर्दशा प्राथविमक विद्यालय पनि बन्द भएका छन् ।