
दमक / कञ्चनपुरमा वर्षेनी आउने बाढीको त्रासले वर्षात् सुरु हुनासाथ वन क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य छन्।

कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–१२ लठ्ठागौरीस्थित वनहरा नदी तटीय क्षेत्रका छ परिवार बाढीको त्रासले वर्षात् सुरु हुनासाथ वन क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य भएका हुन्।उनीहरू वर्षात् सुरू हुनुअगावै वन क्षेत्रमा सरेर अस्थायी त्रिपालमा बस्न थाल्छन् ।आकाशमा कालो बादल देखिने बित्तिकै उनीहरू डराउन थाल्छन्।



बाढी नआएको बेला उनीहरू घरमा फर्केर दैनिक काम गर्छन। बोट विरुवा स्याहार्ने, घर लिपपोत गर्ने तर रात बस्न भने वनमै जान्छन। विगत वर्ष वडा कार्यालयले त्रिपाल वितरण गरेको थियो। ती त्रिपाल च्यातिएपछि यस वर्ष वडा कार्यालयले सात परिवारका लागि फलामका पाइप र बलियो प्लास्टिकको छानोयुक्त अस्थायी आवास निर्माण गरिदिएको वडाध्यक्षले जानकारी दिएका छन्।

“ती परिवार असुरक्षित रूपमा वनमा बस्न बाध्य थिए” उनले भने, “अब भने केही हदसम्म सुरक्षित र व्यवस्थित रूपमा बस्न सक्ने व्यवस्था मिलाइएको छ, जति वर्षा भएपछि ढुक्कसँग बस्न सक्छन्।”