इटहरीमा सावरीसाधन दुर्घटना, एक जनाको मृत्यु

इटहरीमा भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-१६ को लाइन चोकमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो ।

प्रदेश १-०२-००१ ज ३९३९ नम्बरको म्याजिक भ्यान र बागमती प्रदेश ०२-०२० प ७१२० नम्बरको मोटरसाइकल ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलचालक २८ वर्षीय पर्वतकुमार चौधरीको मृत्यु भएको हो । उनी रामधुनी नगरपालिका-२ का निवासी हुन् ।
त्यसैगरी, मोटरसाइकलमा सवार सोही ठाउँ २२ वर्षीय नवीन चौधरीको एपेक्स अस्पतालमा उपचार भइरहेको छ ।

बिज्ञापन