
नेपाल सुनचाँदी व्यवसायी महासंघले हरेक दिन सुनको भाउ निर्धारण गर्दै आएकोमा व्यवसायी विरोधमा उत्रिएसँगै सुनको मूल्य निर्धारण हुन छाडेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्षले कारोबार ठप्प रहेकाले मूल्य सार्वजनिक नगरिएको बताएका छन् । एक सातादेखि सुनको मूल्य निर्धारण हुन छाडेकाे छ भने देशभरका सुनचाँदी पसल बन्द छन्, हामी आन्दोलनमा छौं, कारोबार नै नहुने भएपछि मूल्य सार्वजनिक गर्नुको अर्थ रहँदैन उनले भने।’
बिज्ञापन



सुनका गरगहना खरिदमा लगाइएको २ प्रतिशत करले मूल्य ६ प्रतिशत बढ्न जाने र यसले अवैध कारोबार मौलाउने व्यवसायीको भनाइ छ ।
