
दमक / सिन्धुपाल्चोकमा बस दुर्घटना भएको छ।

आज मेलम्ची नगरपालिका-१० स्थित मेलम्ची-भोताङ सडक खण्डमा यात्रुवाहक बस सडकबाट इन्द्रावती नदी किनारमा खस्दा ८ जना घाइते भएका छन्।
बिज्ञापन



भताङबाट मेलम्चीतर्फ आउँदै गरेको ना.प्र. ३०–००५ ख ९९७६ नम्बरको यात्रुबाहक बसको अगाडिको पट्टा भाँचिएपछि आफै अनियन्त्रित भई इन्द्रावती खोलाको बगरमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी ले जानकारी दिएका छन्।

साे दुर्घटनामा परी चालकसहित ८ जना घाइते भएका र यात्रुहरूलाई तत्काल उद्धार गरी मेलम्ची नगर अस्पतालमा उपचारका लागि लगिएको छ।भने घाइतेहरूको अवस्था हालसम्म सामान्यदेखि मध्यम रहेको डिएसपीले जानकारी दिए।