महोत्तरीमा लुटेराको समूहले गोली चलाउँदा एक महिला घाइते

महोत्तरीमा गएराति लुटेराहरूको एक समूहले गोलीको लागि एक महिला घाइते भएकी छन् । ​लोहारपट्टी नगरपालिका वडा नम्बर ६ गएराति रामकरण साहको घरमा ७ जनाको समूहमा हातहतियार सहित आएका लुटेराको समूहले लुटपाट गर्दै गोली प्रहार गर्दा ४५ वर्षिय गायत्री देवी साह घाइते भएकी हुन् ।

 

बिज्ञापन

लुटेराहरूको समुहले घरमा लुटपाट गर्ने क्रममा गायत्रीले गुहार माग्दै हल्ला गरेपछि  गायत्री देवी माथि गोली प्रहार गरेका थिए ।

घाइते गायत्रीको उपचार जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा भइरहेको महोत्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते गायत्रीको दाहिने तिघ्रामा गोली लागेको उनले बताए ।

 

लुटेराहरूको समुहले घरमा रहेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाको तिलहरी, दुवै कानको मुन्द्रा लुटेर लगेको उनले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएका छन् ।