हेंवा खोलामा बेलिब्रिज जडानको काम अन्तिम अबस्थामा

दमक / पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ काे सिमाना छुट्याएर बग्ने मेची राजमार्गमा पर्ने हेंवा खोलामा बेलिब्रिज जडानको काम लगभग ६० प्रतिशत सम्पन्न भएको छ ।

२०८० साल असार २ गते आएको भिसण बाढीकाे कारण बगाएको थियो । उक्त पुल बगेपछि जोडिएको बेलिब्रिज पुनः बग्दा दोस्रो पटक सडक डिभिजन कार्यालय इलाम मार्फत पुनः जडानकाे काम अगाडि बढाइएको हो ।

बिज्ञापन

सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमका अनुसार हाल यहाँ ७० मिटर लामो बेलिब्रिज जडान भइरहेको छ । ७० मिटर लामो बेलिब्रिज जडान भइरहेको जसको ६० प्रतिशत काम सकिएको सडक डिभिजन इलामका इन्जिनियर बताउछन् । “काम तिब्र गतिमा भइरहेको छ, रफ्तारमा अघि बढ्ने हो भने करिब एक साता भित्र सम्पन्न भएर असार लाग्दा यातायात र ढुवानीका साधन सुचारु हुन्छन्,“ उनले भने ।

सङ्घीय सरकारको बजेटबाट ३ करोड ४९ लाख रुपियाँको लागतमा जडान भइरहेको  उक्त बेलिब्रिजका लागि दोभान सुपर सौगात लाइट बेल्डर जेभी’ नामक कम्पनीले ठेक्का लिएको छ ।