
काठमाडौं । सरकारले कोभिड-१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरुमा कोभिड-१९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको बताएका छन् । उनले तीव्र रुपमा कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको उल्लेख गरे ।

अफ्रिकी देशहरुमा खोप अभियान कम सञ्चालन भएका कारण ति देशहरुबाट कोभिड-१९ को नयाँ-नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले अझैपनि संक्रमणको जोखिम नटरेको उनले बताएका छन् । आइतवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले संक्रमण कम हुँदा सावधानि अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उनले उल्लेख गरे । विश्वभरको अवस्था र विगतको दृष्टान्त हेर्दा संक्रमण कम भएपनि अझैपनि संक्रमणको जोखिम धेरै रहेको सहायक प्रवक्ता अधिकारीले बताएका छन् ।



उनले भने – ‘हामीकहाँ पछिल्ला हप्ताहरुको संक्रमण दर, अस्पताल भर्नाको दर, कोभिड १९ संक्रमित भएर मृत्यु भएको तथ्यांक, यि सबै कुराहरु हेर्दा तुलनात्मक रुपमा सहज हुँदै गएको भन्न सकिन्छ । कोभिड १९ विरुद्धको खोप अभियान पनि तिव्र गतिमा अगाडी बढिरहेको, धेरै व्यक्तिहरुले खोप लगाउनुभएको, धेरै व्यक्तिहरु तेस्रो लहरमा कोभिड – १९ संक्रमण भएर रोग प्रतिरोधात्मक क्षमता आलै भएको अवस्थामा पनि रोग प्रतिरोधात्मक क्षमता समुदायस्तरमा धेरै भएर अलिकती सहज अवस्था आएको हुनसक्ने एउटा पाटोलाई हामीले लिनुपर्ने हुन्छ । अर्को, अहिलेपनि केही देशमा संक्रमण उकालो लागेको जस्तो देखिन थालेको छ ।

त्यसले गर्दा हामीले निगरानी एकदमै बढाउनुपर्ने, विश्वव्यापी रुपमा कोभिड – १९ विरुद्धको खोप लगाइराखेको अवस्थाहरुको तुलना गर्दा विशेषत्ः अफ्रिकी महादेशमा कोभिड-१९ विरुद्धको खोपको कभरेज एकदमै कम भएको अवस्थामा संक्रमण फैलिनेगरी त्यहाँ धेरै भइरहँदा नयाँ भेरियन्टहरु जन्मिनसक्ने र त्यसरी नयाँ भेरियन्ट आउँदाखेरी खोप लगाएको भएपनि, नलगाएको भएपनि, संक्रमणबाट मुक्त भएको भएपनि, नभएपनि त्यस्तो अवस्थामा संक्रमण फैलन सक्छ ।
त्यसको फैलावट बढी हुन सक्छ भन्ने कुराहरु हाम्रो अनुभवहरुले देखाइरहँदा जोखिम बढेर जाने हुन्छ । हामीकहाँ संक्रमण कम हुँदै गएपछि सावधानीहरु पनि कम हुँदै जाने, मानिस मानिसको भेटघाट बढ्दै जाने, जनस्वास्थ्यको मापदण्डहरु संक्रमण एकदमै धेरै भएको बेलामा जुन तरवले हामीले पालना गथ्र्यौ त्यो भन्दा कम हुँदै जाने भएपछि नयाँ किसिमको भेरियन्ट आउने बित्तिकै तिव्र गतिमा फैलिने जोखिम एकदमै रहन्छ । र त्यसले पार्ने जनस्वास्थ्यको प्रभावहरु फेरी ठुलो हुन सक्छ कि भन्ने हिसाबले अझ केही समय हामीले निगरानी बढाउनुपर्ने, साबधानि लिनुपर्ने कुराहरु चाहीँ एकदमै ख्याल गर्नुपर्छ । समग्रमा भन्दा संक्रमणको दर कम हुँदै गएको भएपनि जोखिम चाहीँ समग्र रुपमा कम भइसकेको भनेर हामी विज्ञका दृष्टिकोणबाट सबै तथ्यहरुलाई विश्लेषण गर्दा भन्न सक्ने अवस्थामा छैन । जोखिम एकदमै धेरै छ भन्नुपर्ने हुन्छ । संक्रमण कम भएको भएपनि ।’
आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि बिगतमा गरिएजस्तै कडा रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा उनँले जोड दिए । जनस्वास्थ्यको मापदण्डको पालना गर्नाले कोभिड–१९ को मात्रै नभई अन्य प्रकारको संक्रामक रोगहरुबाट समेत बच्न सकिने भएकाले मापदण्ड परिपालनामा निरन्तरता दिनुपर्ने उनले बताएका छन् ।
उनले भने–‘सर्वसाधारणले लिनुपर्ने भुमिका भनेको अहिलेको संक्रमण रोकथाम गर्न, भविष्यमा आउन सक्ने नयाँ संक्रमणको रोकथाम गर्न, फैलिन नदिन,संक्रमण आउन नदिन र अरु किसिमका कुनैपनि संक्रामक रोगहरु यही माध्यमबाट यस्तै तरिकाले फैलिने खालका छन् भने पनि त्यो फैलावट रोक्न सक्रामक रोगहरु रोकथाम गर्नलाई अहिले लिइराखेको सावधानिहरु जनस्वास्थ्यका मापदण्डहरुको सावधानी एकदमै बढी सान्दर्भिक र महत्वपूर्ण हुन्छ । यसलाई निरन्तरता दिनु । संक्रमण धेरै भएको बेला जुन कडाइका साथ, जुन एकदमै बढी संवेदनशीलताका साथ गथ्र्यौ । त्यो गर्न नसकिएपनि यो सबै मापदण्डहरुलाई हामीले भुल्न हुँदैन । व्यवहारमा ल्याइराख्नु पर्छ । पछिल्लो पुस्तालाई पनि हामीले सिकाइराख्नु पर्ने हुन्छ । जसका कारण हाम्रो हात धुने बानि, मान्छे बाट मान्छे टाढा बस्ने बानि, मास्क लगाउने बानिहरुले अरु रोगहरु पनि फैलावट हुनबाट रोक्छ र यही संक्रमण, यही कोभिड-१९ को नयाँ भेरियन्ट आयो भनेपनि त्यो फैलिनबाट रोक्नलाई मद्दत गर्ने हुन्छ ।’
सहायक प्रवक्ता डा.अधिकारीले कोभिड-१९ को नयाँ भेरियन्ट आएको खण्डमा पनि खोप र जनस्वास्थ्यको मापदण्डले नै जोखिम कम गर्ने अवस्था रहेको बताएका छन् । उनले संक्रमण दर घटेसँगै मन्त्रालयले गर्ने सबै प्रकारका स्वास्थ्य सँग सम्बन्धित कामहरु पूर्ण रुपमा सुचारु भएको पनि बताए ।