नेपालगञ्ज अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्जको भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, सल्यान र दाङका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।सल्यान दार्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिलाको राति साढे १ बजे मृत्यु भएको हो ।

बिज्ञापन

असार १७ गते भेरी अस्पतालमा भर्ना गरिएका उनको भोलिपल्ट पीसीआर परीक्षण गरिएको थियो । लामो समयसम्म उपचारमा रहेकी महिलाको मृत्यु भएको हो ।

यस्तै दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर १ की ५८ वर्षीया महिलाको पनि मृत्यु भएको छ । भदौ ४ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको थियो ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा ४ सय ३ जनाको मृत्यु भएको छ।