गौरादह कृषि क्याम्पसमा नेपाल बिद्यार्थी संघले लगायो ताला

त्रिभुवन विश्वविद्यालय कृषि र पशुबिज्ञान अध्ययन संस्थानको डिनकाे बिरोध गर्दै नेपाल बिद्यार्थी संघले गौरादह कृषि क्याम्पसकाे प्रमुख र प्रशासनकाे कार्यकक्षमा आज तालाबन्दी गरेकाे छ ।

डिनद्वारा नियम विपरित गठन गरिएको पदपुर्ति समितीले गरेको विज्ञापन स्थगन नगरेकाे भन्दै नेविसंघ कृषि क्याम्पस गाैरादह ईकाईले गाैरादह कृषि क्याम्पसमा अनिश्चितकालीन ताला बन्दी गरेकाे हाे ।

बिज्ञापन

मिती २०७७/०६/०५ गते गाेरखापत्र दैनिक र कृ. प.वि. अ. संघकाे आधिकारिक वेभसाइडमा गाैरादह कृषि क्याम्पसका लागि करार सेवामा उप प्राध्यापक र केही सहायक कर्मचारीहरूकाे आवश्यकता छ भनी विज्ञापन प्रकाशित भएकाे थियाे ।

हप्ता दिन वितिसक्दा पनि नेबिसंघ इकाइको माग सम्वन्धमा सम्वन्धित सरोकारवाला निकायले कुनै पहल नगरेकाेमा आज वसेको तीनवटै क्याम्पस इकाई समितीको भर्चुअल जुम मिटीङको निर्णय अनुसार रामपुर क्याम्पस, खैरहनी चितवन र गौरादह कृषि क्याम्पसमा अनिश्चितकालीन ताला वन्दी गरिएकाे नेविसंघ कृषि क्याम्पस इकाई गाैरादहका सभापति कुशल लामिछानेले जनाकारी गराएका छन् ।

उक्त कार्याक्रम नेपाल बिध्यार्थि संघ नेता – रबिन्द्र ढुङ्गानाको नेतृत्व्मा भएको थियो भने ,  कार्यक्रम मा नेबिसंघ गौरादह कृषि क्याम्पस का नेता सार्दुल भट्टराई ,  गौरादह बहुमुखी क्याम्पस का ईकाई सभापति मोहन दङ्गाल , सचिब डिक खड्का लगायत  बिध्यार्थि हरुको उपस्थिति रहेको थियो ।