
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर लागूऔषधको हव बन्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तीन वर्षे विवरण हेर्दा त्यस्तो देखिन गएको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा लागु औषध दुव्र्यसन सम्बन्धी ५२ घटना दर्ता हुँदा ९० जना पक्राउ परेका थिए । जसा ६ जना महिला समेत थिए ।

आर्थिक वर्ष २०७७/०७८ मा लागूऔषधका ४९ घटना दर्ता हुँदा ७९ जना पक्राउ परे जसमा आठ महिला संलग्न भए । चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ महिनासम्म लागूऔषध सम्बन्धी ६४ घटना दर्ता भएका छन् । यसमा हालसम्म आठ महिलासहित हालसम्म ११३ जना पक्राउ परेका छन् ।‘तीन वर्षमा सुर्खेतमा १६५ लागूऔषध दुर्व्यसनीका घटना घट्दा २८२ जना पक्राउ परेका छन्’ उनी भन्छन्, ‘पक्राउ परेका मध्ये १६ वर्षदेखि २५ वर्ष मुनिका मात्र छन् ।’लागू औषध प्रयोगकर्ता तथा कारोबारीहरु चरेस, गाँजा, ब्राउनसुगर, कोकिन, नाइट्राभेट, कोरेक्सलगायतका लागु औषधसहित पक्राउ परेको पाइएको हो ।



