
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज (आइतबार)देखि सकिँदै छ ।

२०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी दिर्नेशकमा नियुक्त भएका घिसिङको चार वर्षे कार्यकाल आजबाट सकिन लागेको हो ।



प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने सम्बन्धमा मन्त्रिपरिषद् बैठक टुंगो लगाउने छ । तर, अहिलेसम्म पुनः घिसिङ नै दोहोरिने सम्भावना रहेको बताइएको छ ।

घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्याउने गरि मन्त्रिपरिषद्ले प्रस्ताव तयार पारिसकेको बताइएको छ । तर, यसपटक घिसिङलाई दुई वर्षको लागि मात्र जिम्मेवारी दिने तयारी भएको चर्चा समेत चलेको छ ।
यसअघि उर्जा मन्त्री वर्षमान पुनले कार्यकारी निर्देशकमा घिसिङलाई नै निरन्तता दिनेगरी मन्त्रालयले प्रस्ताव लैजाने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
यद्यपी अहिलेसम्म कसैलेपनि कार्यकारी निर्देशकमा उम्मेदवारी दाबी पेश नगरेका कारणपनि घिसिङलाई नै निरन्तरता दिन लागिएको बुझिएको छ ।