
काठमाडौं । अदालतले १ करोड रुपैयाँ जरिवाना र १ महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन्।

उच्च अदालत पाटनले उनलाई बैकिङ कसुर मुद्दामा यहि ४ वैशाखमा १ करोड रूपैयाँ जरिवाना र १ महिनाको कैद सजाय गरेको थियो।
बिज्ञापन



उक्त फैसलापछि फरार रहेका चौलागाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले भिमसेनगोलाबाट पक्राउ गरेको हो। पक्राउ परेका चौलागाईलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको छ।
