विवादमा ‘कबड्डी–४’, फिल्म बन्द माग गर्दै नायिकाविरुद्ध प्रदर्शन, पोस्टर जलाइयो

काठमाडौं। हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र विवादमा तानिएको छ।मंगलबार काठमाडौंका केही फिल्म हल अगाडि ‘कबड्डी–४’को प्रदर्शन रोक्न माग गर्दै नायिकाविरुद्ध प्रदर्शन गरिएको छ।

‘कबड्डी ४’ की नायिका मिरुना मगरले निर्दोषलाई फसाउन खोजेको भन्दै चुच्चेपाटीको केएल टावर अगाडि फिल्मको पोष्टरसमेत जलाइएको छ।नायिका मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै लामाको भेषमा रहेका मुगुका फुर्वा लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन्। उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ।

बिज्ञापन

प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन्। उनीहरूले अन्यथा ‘कबड्डी ४’ बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन्।मिरुनाको यो कदमपछि सामाजिक सञ्जाल दुई कित्तामा विभाजित छ। एक पक्ष पक्राउ परेका लामाको पोशाक हेरेर उनको नियत गलत हुनै नसक्ने अडान लिइरहेका छन्। अर्काथरी तत्काल बोलेर मिरुनाले ठीक गरेको बताइरहेका छन्।