किन प्रयोगमा आउन सकेन जुरोपानीको स्वास्थ्य चौकी भवन ?

गौरादह/ नागरिकहरुलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन बनाइएको जुराेपानी स्वास्थ्य चौकी भवन प्रयाेगमा आउन सकेन। गौरादह नगरपालिका वडा नं -७ ग्वालडुब्बामा नागरिकहरुलाई सहज रुपमा उपचार सेवा दिन सुबिधा सम्पन्न स्वास्थ्य चौकी भवन बनाइए पनि स्वास्थ्यकर्मीहरुले वडा कार्यलयबाट उपचार सेवा दिइरहेका छन।

नागरिकहरुलाई स्वास्थ्य सेवा वडा कार्यलयबाट दिइदा स्वास्थ्य चौकी भवन प्रयाेग बिहिन भएकाे हाे। कराेडौकाे लगानीमा तीन बर्ष अगाडि निर्माण सम्पन्न स्वास्थ्य चौकी भवन प्रयाेग बिहिन हुदा अहिले काँस घारी भएको छ। स्वास्थ्य चौकी भवन परिसरमा काँस घारीकाे जङ्गल हुदा भवन भित्र जान सक्ने अवस्था छौन। काँस घारीले स्वास्थ्य चौकी परिसर भरिदा बिरामी उपचार गर्ने स्वास्थ्य चौकी जस्तो लाग्दैन।काँसघारी स्वास्थ्य चौकी भवन पुर्ण रुपमा सफा नगरे स्वास्थ्य कर्मी बसेर उपचार गर्ने र बिरामी गएर उपचार सेवा लिन सक्ने अवस्था छैन।

बिज्ञापन

स्वास्थ्य चौकी भवन ३ बर्ष अगाडि निर्माण सम्पन्न भएपनि स्वास्थ्य चौकीका लागि आवश्यक सामग्री अभावमा सुरुकाे पहिलाे बर्ष सर्न सकेकाे थिएन। सामग्री जुटाएर स्वास्थ्य चौकी सर्ने समयमा काेराेना कहर सुरु भएकाले त्यस स्थानमा क्वारेन्टाइन बनाइदा स्वास्थ्य चौकी वडा कार्यलयमा बस्न बाध्य भएकाे थियाे। काेराेना कहरकाे पहिलाे लहर सकिएपछि राम नवमीकाे अवसर पारेर स्वास्थ्य चौकी नवनिर्मित आफ्नै भवनमा सरेकाे थियाे।

काेराेना कहरकाे दाेस्राे लहर सुरु भएपछि नगरपालिकाले त्यस स्थानलाई आइसाेलेसन बनाउने निर्णय गरेपछि करिब एक महिनापछि स्वास्थ्य चौकी ग्वालडुब्बा बजारमा रहेकाे जुराेपानी सामुदायिक पुस्तकालय भवनमा सारिएकाे थियाे।निर्माणाधीन जुराेपानी सामुदायिक पुस्तकालय भवनमा बिजुली बत्ती, खानेपानीकाे तथा अन्य पुर्वाधारकाे अभाव भएकाले स्वास्थ्य चौकी पुन वडा कार्यलयमा सरिएकाे थियाे।

अहिले काराेना कहर नभएपनि स्वास्थ्य चौकीले वडा कार्यलयमा सेवा दिइरहेकाे छ। वडा कार्यलयकाे हलमा स्वास्थ्य सेवा दिइदा बिरामीहरुलाई राखेर सहज रुपमा उपचार गर्ने अवस्था नरहेकाे स्वास्थ्य चौकी प्रमुख हेम बहादुर अधिकारी बताउँछन्।स्वास्थ्य चौकीकाे आफ्नो सुबिधा सम्पन्न भवन भएपनि वडा कार्यलयमा दु:खका साथ उपचार सेवा दिइदा सम्बन्धित निकायले स्वास्थ्य क्षेत्रमा ध्यान नदिएकाे प्रमुख अधिकारी बताउँछन्।

जुराेपानी स्वास्थ्य चौकीको नवनिर्मित भवनमा आइसाेलेसन सेन्टर बनाइदा काेराेनाका बिरामीहरुलाई उपचार गर्न राखिएका डाक्टर टिमकाे असार मसान्तबाट म्याद सकिएकाले स्वास्थ्य चौकी भवन खालि भएकाे नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराई बताउँछन्। स्वास्थ्य चौकी भवन खाली भइसकेकाले सरसफाइ गरि आफ्नै भवनमा सारिने तयारी गरिएकाे स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए। साउन महिनाबाट नागरिकहरुले स्वास्थ्य चौकी भवनबाट उपचार सेवा पाउने प्रमुख भट्टराईकाे भनाइ छ।