
पोर्ट-औ-प्रिन्स : हाइटीको राजधानी पोर्ट-औ-प्रिन्सको व्यस्त सडकमा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

पोर्ट-औ-प्रिन्स विमानस्थलबाट अपराह्न दक्षिणी तटीय शहर जेकमेलका लागि उडान भरेको सेस्ना २०७ नम्बरको सानो जहाज इन्जनमा समस्या आएपछि कर्रेफोर समुदायको बस्तीमा आपत्कालीन अवतरण गर्न खोज्दा ढुवानी ट्रकमा ठोक्किएर दुर्घटनाग्रस्त भएको समाचार संस्था एपीले जनाएको छ।
बिज्ञापन



दुर्घटनामा पाइलटको उपचारका क्रममा मृत्यु भएको हो भने ट्रक चालकको घटनास्थलमै मृत्यु भएको उक्त क्षेत्रका पुलिस कमिसनर पियरे बेलामी समेदीले बताए। उनकाअनुसार जहाजमा पाँच जना सवार थिए।

हैटीका प्रधानमन्त्री एरियल हेनरीले ट्वीटरमार्फत घटनाप्रति दु:ख व्यक्त गरेका छन्।