
कञ्चनपुर । कञ्चनपुरमा खैरो हीरोइनसहित तीनजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–३ नौलाखेतबाट ५ ग्राम १३ मिलिग्राम अवैध लागूऔषध खैरो हीरोइनसहित उनीहरू पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरूमा तिलकपुर बस्ने २४ वर्षीय रोहित खत्री, डडेल्धुरा भागेश्वर गाउँपालिका–३ घर भएका २२ वर्षीय दिपक ऐडी र कञ्चनपुर भिमदत्त नगरपालिका-३ बिचपुरी बस्ने २० वर्षीय आवेश चौधरी रहेका छन् ।
बिज्ञापन



सुदूरपश्चिम प्रदेश ०२००३ प ९३०६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
