`जय पाथीभरा माता´ लेख्दै असार २० गते शुक्रवारको राशिफल पढ्नुहोस | OmkarTimes.com

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ ।

 

बिज्ञापन

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला ।