
रामेछाप । रामेछापकाे लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहितका व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

विद्युत्करण गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।
बिज्ञापन



अध्यक्ष खड्कासँग ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो माग गरिएको भण्डारीले बताए।

मुद्दामा तत्कालीन लेखापाल नोर्बु लामा, राजुप्रसाद न्यौपाने र तत्कालीन प्रशासकीय अधिकृत टंकप्रसाद चौलागाईं तानिएका छन्।