नायिका करिष्मा आज एमाले प्रवेश गर्दै

काठमाडौं – नायिका करिष्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएकी छिन् ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

बिज्ञापन

यसअघि उनी डा. बाबुराम भट्टराई नेतृत्त्वको तत्कालीलन नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन् । तर, केही समयपछि नै उनी उक्त पार्टीमा निस्क्रिय भएर बसेकी थिइन् ।

करिष्मासँगै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा उनको दल एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।