
बैतडी । बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

बैतडीको शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
बिज्ञापन



घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। घाँस काट्न गएका बेला बालिकामाथि बलात्कार भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। आरोपित दुवै जना मेलौली पञ्चेश्वर सडकखण्डमा काम गर्दै आएको बुझिएको छ ।
