
काठमाडौं । नर्सिङ लाइसेन्सको परीक्षा आगामी चैत्र १२ गते हुने भएको छ । नेपाल नर्सिङ परिषदले यसवर्षको अन्तिम नर्सिङ तथा मिडवाइफ्री लाइसेन्स परीक्षा १२ चैतमा गर्ने भएको हो ।

परीक्षामा सहभागी हुनका लागि नर्सिङ तर्फ पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ तथा मिडवाइफ्री तर्फ बीएमएस पास गरेको हुनुपर्ने बताइएको छ।
बिज्ञापन



यस्तै परिषद्ले परीक्षामा सहभागी हुनका लागि (२६ माघ) भोलिदेखि २६ फागुनसम्म फर्म खुलाउँदै छ ।

परिषदले तोकिएको समयमा फर्म भर्न छुटेकाहरुले दोब्बर दस्तुर तिरेर २७ फागुन देखि ३ चैतसम्म भर्न सक्ने जनाएको छ ।