
नेपालमार्ग, धनगढी । एलआईसी (नेपाल) लिमिटेड धनगढी शाखाले रु ५२ लाख ८० हजार बराबरको मृत्यु दाबीको चेक हस्तान्तरण गरेको छ ।

बिहीबार एक कार्यक्रमका बीच बीमित स्व. प्रकाशबहादुर शाहकी पत्नी ज्ञानु चन्द शाहलाई संस्थाकाे धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्टले मृत्यु दाबीकाे चेक हस्तान्तरण गरेका हुन् ।



काेराेनाका कारण मृत्यु भएका शाहप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै बीमा अभिकर्ता मन्जुकुमारी शाहीले कागजात पेश गरेपश्चात् समयमै विनाझन्झट संस्थाले मृत्यु दाबी भुक्तानी गरेकामा धन्यवाद व्यक्त गरिन् ।

बीमित शाहकी पत्नी ज्ञानु चन्द शाहले उक्त रकमले आफ्नो दैनिकी सञ्चालनका साथै बालबच्चाकाे अध्ययनका लागि ठूलाे राहत पुर्याउने बताइन् ।
संस्थाका शाखा प्रबन्धक भट्टले मानवीय क्षतिकाे कहिले पनि पूर्ति नहुने तर बीमा रकमले घरकाे मुख्य आम्दानी गर्ने व्यक्तिकाे अभावमा परिवारका लागि ठूलाे अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने बताए ।
साे कार्यक्रममा एजेन्सी म्यानेजर रामबहादुर शाही, जानकी जाेशी र केशव भण्डारीलगायतकाे उपस्थिति रहेको थियाे ।