सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं : साताकाे पहिलाे दिन आइतबार नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिज्ञापन

आइतबार तेजावी सुनको भाउ तोलाको ९१ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। महासंघका अनुसार चाँदीको भाउ पनि घटेको छ ।

शुक्रबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँमा भएको छ ।