
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई १२ बुँदे सर्कुलर पठाएको छ ।

गृहले कानून विपरितका गतिविधिमा कडाइ गर्न १२ बुँदे सर्कुलरमा निर्देशन दिएको छ। गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हाले लगत्तै मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।



गृहमन्त्री अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिनेगरि काम गर्न निर्देशन पनि दिएका छन्।

नवनियुक्त गृहमन्त्री अधिकारीको निर्देशनमा गृहले जारी गरेको परिपत्रमा अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित विकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ।
गृहको परिपत्रमा शान्ति सुरक्षा, कोभिड संकट व्यवस्थापन, सीमा सुरक्षा एवं अपराध अनुसन्धान तथा नियन्त्रणमा केन्द्रीत रहन निर्देशन दिइएको छ।