वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कृत, भारतीय नागरिक पक्राउ

वीरगञ्ज । वीरगञ्जमा एक बालिका बलात्कृत भएकी छिन् । वीरगञ्ज १ छपकैयाकी ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।

बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए । बालिकाका बुवा र नेहाल साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

बिज्ञापन

मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । घटनापछि फरार मियाँलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।