भारतीय गाडीमा मदिरा ओसारपसार : सशस्त्रले समाएपछि खुल्यो यस्तो राज

रौतहट । लुकाइछिपाइ रौतहटबाट विभिन्न ब्रान्डको अवैध मदिरा लिएर भारततर्फ गइरहेको भारतीय नम्बरको महिन्द्रा बोलेरो गाडी (बीआर ०१ टिए २६२९) सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी ११ नम्बर हेक्वा गौरबाट खटिएको टोलीले परोहा नगरपालिका ७ नरकटिया गाउँ छेउ नजिकैबाट बिहीबार साँझ अवैध मदिरासहितको उक्त बोलेरो नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

बरामद मदिरा तथा भारतीय नम्बरको बोलेरो गाडीसहितको कुल १३ लाख, ३६ हजार,७२० रुपैया जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटले जनाएको छ ।

छिमेकी मुलुक भारतको बिहार राज्यमा नितिश कुमार नेतृत्वको सरकारले मदिरा निषेध गरेपछि सीमासँग जोडिएका नेपाली बजारबाट तस्करीको माध्यमले नेपाली विभिन्न ब्रान्डका मदिरा अवैध रूपमा भारत लिने गरिएको छ ।