आज मंसिर १८ गते बुधबार पाथीभरा माताको दर्शन गर्दै हेर्नुस् आजको राशिफल

वि.सं. २०७६ मंसिर १८, बुधबार, इ.स. २०१९ डिसेम्बर ४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, अष्टमी, २५:१८ उप्रान्त नवमी, नक्षत्र– शतभिषा, १७:४४ बजेउप्रान्त पूर्वभाद्रपदा, योग– हर्षण, १६:१५ बजेउप्रान्त वज्र, करण– भद्रा, १२:१६ बजेदेखि वव, २५:१८ बजेउप्रान्त वालव, आनन्दादिमा मानस योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ६ पला। पञ्चक।व्रत/पर्व- गढीमाईमा विशेष पूजा, बुधाष्टमी व्रत, गोरखकाली पूजा। बखुमद।

 

बिज्ञापन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-आर्थिक हिसाबले समय बलबान रहनेछ,आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना देखिएता पनि समय निकै फलदायी हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

 

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –बैदेशिक सहयोग बढे संगै,मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,धार्मिक कार्यमा समय बित्नेछ,नोकरीमा पदोन्नती हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।

 

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –आयस्तर बढ्ने छ,बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ, काममा क्रमश सुधारको संकेत देखिनेछ,रोकिएका काममा सफलता हात लाग्नेछ,आजको शुभ अंक १ रहेको छ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-विवाद एवं चिन्ता बढ्न सक्छ,बोलीमा आउने खराबी र रिसको मात्रामा बढ़वा आउनाले आफन्त संगको सम्बन्धमा तिक्तता आउन सक्छ,आजको शुभ अंक ६ रहेको छ।

 

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आर्थिक अबस्थामा सुधार आउनेछ,विशिष्ट नयाँ काम गर्ने मौका छ,निकै सफल देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –राजनीतिक तथा सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ, अनुकूलको बन्न छ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,आजको शुभ अंक ५ रहेको छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,दुख र चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,पढाई लेखाईमा प्रगति हुनेछ,फलदायी समय रहनेछ,आजको शुभ अंक ७ रहेको छ।

 

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)-पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,धनार्जन गर्न सकिनेछ भने आर्जित धनको संचय पनि गरिनेछ,आजको शुभ अंक ११ रहेको छ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)-मीठो खाने अवसर मिल्ने छ,सवारी साधनको प्रयोग गर्दा निकै चनाखो रहनु पर्ने देखिन्छ,धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,राम्रो लगाउने आजको शुभ अंक ८ रहेको छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –सामाजिक यश र किर्तिमा वृद्धि हुनेछ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ,आजको शुभ अंक १० रहेको छ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ, अंग भंग जस्ता ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)-विश्वास जित्नै अघि बढ्न सकिने छ,पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,लगानी गर्नु पूर्व पूर्ण जानकारी लिएर गर्नु भएमा अझ बढी सफलता हाल लाग्नेछ,आजको शुभ अंक १२ रहेको छ।