प्रधानमन्त्री देउवा आईसोलेशनमा

काठमाडौँ : प्रधानन्त्री शेरबहादुर देउवा आईसोलेशनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कोरोना संक्रमण पुष्टि भएपछि पधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा आजदेखी ओईसोलेशनमा बसेको हुन् ।

अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका आधादर्जन नेतालाई कोरोनाभाइरस संक्रमण भएपछि नेकपा माओवादी केन्द्रले हालै सम्पन्न पार्टीको महाधिवेशनका १७ सय सहभागी सबैलाई भाइरस परीक्षण गर्ने भएको छ ।

बिज्ञापन

पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार सबै प्रतिनिधिलाई पीसीआर परीक्षण गराउन र स्वास्थ्य मापदण्ड अपनाउन कडाइपूर्वक निर्देशन दिएको बताएका छन् ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार देउवाले आइसोलेसनमा बस्ने निर्णय गरेका हुन् । केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ ।