
कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत रहेका बाणगंगा नगरपालिक( १ पिपराका अनुराग पाण्डेको दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए ।
बिज्ञापन



पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।

बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको हो ।
मंगलबार राति भएको दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् ।