दुई सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा अर्थात् गत सोमबारको तुलनामा आज मंगलबार छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार रुपैयाँ कायम भएको हो ।

बिज्ञापन

गत सोमबार सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत गत सोमबारको तुलनामा तोलामा दुई सय रुपैयाँले नै घट्दै आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार गत सोमबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै एक हजार २५० रुपैयाँमा झरेको हो ।