केन्या स्थित अमेरिकी सैनिक शिविरमा आक्रमण हुदा तीन जनाको मृत्यु

केन्याको अमेरिकी सैनिक शिविरमा इस्लामिक आक्रमण हुँदा एक अमेरिकी सैनिकसहित दुईजना ठेकेदारको मृत्यु भएको छ ।

 

बिज्ञापन

अमेरिकी र केन्या सेनाले प्रयोग गरिरहेको शिविरमा अल सहबाब नामको इस्लामिक समूहले आइतबार आक्रमण गरेको हो ।रक्षा विभागका अन्य दुई अमेरिकी सैनिक घाइते भएको जानकारीमा उल्लेख छ ।

 

‘घाइते अमेरिकी सैनिकको अवस्था स्थिर भएको र घटनास्थललाई खाली बनाइएको छ,’ अमेरिकी मिलिटरी अफ्रिका कमान्डले भनेको छ ।प्रत्यक्षदर्शीले बन्दुकको आवाज सुनेको र कालो धुँवा उडिरहेको देखेको बताए ।

 

जनरल स्टेफन टाउनसेन्ड, कमान्डर अफ युएस अफ्रिका कमान्डले एक वक्तव्य जारी गर्दै भने, ‘ज्यान गुमाएका हाम्रा सहकर्मीको परिवारजनप्रति गहिरो समवेदना छ ।