
आफ्ना सेयरधनीहरूलाई कुमारी बैंक लिमिटेडले नगद लाभांशसहित सेयर बोनस बाँड्ने घोषणा गरेको छ । बैंकको गत असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) सहित ८.६७ प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको हो ।

बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
बिज्ञापन



उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

यद्यपि, बैंकले हालसम्म आफ्नो साधारणसभा र बुक क्लोजको मिति भने तोकिसकेको छैन ।