कार्यालय सार्ने बिषयमा मेयर र उपमेयर समूहबीच झडप !

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा समूहबीच मंगलबार झ*डप भएको छ। झ*डपपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। अहिले पनि अवस्था तनावग्रस्त छ।

 

बिज्ञापन

 

मेयर मण्डल पक्षका व्यक्तिहरूले कार्यालय सार्ने भन्दै समान लिन ट्याक्टर लिएर नगरपालिका पुगेपछि उपमेयर झा पक्षका व्यक्तिहरूले रोक्ने प्रयास गर्दा झडप भएको हो। झ*डपपछि मेयर पक्षका व्यक्तिहरूसँगै नगरपालिका पुगेका प्रहरीको लाठी चार्जबाट ६ जना भन्दा धेरै घाइते भएका छन्।

 

उपमेयर झालाई समेत चोट लागेको छ। यस्तै वडा २ का अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापड सहितका व्यक्ति प्रहरीको लाठीबाट घाइते भएका छन्। उनीहरूको उपचार स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

 

हंसपुर नगरपालिकाको कार्यालय सरकारले बघचौडामा तोकेको छ। तर मेयर मण्डलले आफ्नो गाउँ बेल्ही चोकमा कार्यालय संचालन गरेका छन्। उनले बघचौडा कार्यालयबाट बेल्ही कार्यालयका लागि समान लग्न तीन ट्याक्टरमा करिब ५०/६० जना लिएर पुगेका थिए।

 

उपमेयर पक्षले भने बघचौरामै कार्यालय राख्नुपर्ने भन्दै कार्यालयबाट समान लग्न राकेपछि झडप भएको स्थानीयले बताए।

 

उपमेयर झाले सरकारले तोकेको केन्द्रबाट बलजफ्ती आफ्नो गाउँमा कार्यालय संचालन गरेको र समान लिन आएपछि रोक्दा झडप भएको प्रतिक्रिया दिइन्। उनले छलफलबाट समस्या समाधान गर्न आग्रह गर्दा पनि बेवास्ता गरी जबरजस्ती कार्यालय सार्न खोजेको बताइन्।

 

नगरपालिका केन्द्रको विषयलाई लिएर मेयर मण्डल र उपमेयर झाबीच चुनाव जितेदेखि नै विवाद चल्दै आएको छ। जसका कारण विकास निर्माण समेत प्रभावित हुँदै आएको छ। पछिल्लो समय मेयरले आफ्नो गाउँमा समेत कार्यालय संचालन गरेपछि झन विवाद चर्केको स्थानीय बताउँछन्।