
झापा। एउटै परिवारका दुईजनाको रेल दुर्घटनामा मृत्यु भएको छ ।
झापाको झापा मेचीनगर नगरपालिका ७ का ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन श्रेष्ठको भारतको टिष्टामा रेलले किचेर मृत्यु भएको हो ।

बिज्ञापन



शनिबार आफन्त भेट्न गएका उनिहरुलाई बाघपुल नजिक रेलले किचेको थियो । घटनामा इन्द्रकी श्रीमती डम्बरी श्रेष्ठ समेत घाईते भएकी छन उनिहरुसँगै रहेका जेठा छोरा रोशु श्रेष्ठ सकुशल रहेको प्रहरीले स्थानीय मोहन श्रेष्ठले जानकारी दिएका छन । । घाईते डम्बरी श्रेष्ठको अहिले विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

गर्मीका कारण छायाँ खोज्न लिक नजिक पुगेको उनिहरुलाई रेलले किचेको बुझिएको छ ।