
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शमा विजयी भएका छन् ।

आइतबार सम्पन्न कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा र शर्मा विजयी भएका हुन् ।
बिज्ञापन



थापा शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए भने शर्माले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएपछि पछि प्रकाशमान सिंहसँग समीकरण गरेका थिए ।

मत परिणामको औपचारिक घोषणा भएको छैन ।