
सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको आज बिहीबार निधन भएको छ । कोरोना भाइरसको संक्रमणपछि उनलाई निमोनियाबाट भएको थियो ।

मल्लको काठमाडौंको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो । राष्ट्रिय पञ्चायतको सदस्य रहेका मल्ल लामो समय राप्रपाको राजनीतिमा सक्रिय भएर पछि कांग्रेस प्रवेश गरेका थिए ।
बिज्ञापन



उनी सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश प्रमुख हुन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई २०७४ माघ ३ गते सुदूरपश्चिमको प्रदेश प्रमुख नियुक्त गरिएको थियो ।
