मोटरसाइकल दुर्घटनामा वन समितिका अध्यक्षको मृत्यु

दमक / धनगढीमा मोटरसाइकल दुर्घटना हुदा वन समितिका अध्यक्षकाे मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडाका सिद्धनाथ सामुदायिक वन समितिका अध्यक्ष ४० वर्षीय रविन्द्र सिंहको दुर्घटनामा मृत्यु भएको हो।

बिज्ञापन

सुदूरपश्चिम प्रदेश ०१००९ प ७७८४ नम्बरको मोटरसाइकल शनिबार बिहान अनियन्त्रित भई नालीमा खसेको प्रहरीले जानकारी दिएका छन् ।

दुर्घटनाबाट गम्भीर घाइते सिंहलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो ।

प्रहरी प्रवक्ताका अनुसार चिकित्सकले तत्कालै उनलाई मृत घोषणा गरेका थिए।