
बाँके जिल्लामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको जानकी गाउँपालिका–३ ईन्द्रपुरस्थित सार्वजनिक तलाउमा नुहाउने क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
बिज्ञापन



प्रहरीले स्थानीय ठाउँ बस्ने भारत घर भएका ६० वर्षीय रामसुरत मगताको डुबेर मृत्यु भएको जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले तलाउमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।