सुनको भाउ प्रतितोला १०० रुपैयाँ बढ्यो

सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आइतबारभन्दा आज  सुन प्रतितोला १०० रुपैयाँ र चाँदी पाँच रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएकोमा आज ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । तेजाबी सुन पनि प्रतितोलामा १०० रुपैयाँ बढेर ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।

बिज्ञापन

यस्तै चाँदीको प्रतितोला मूल्य पनि पाँच रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँ पुगेको छ ।