
काठमाडौं । बेलायत अन्डरसट निवासी नेपाली चेली प्रतिष्ठा ‘तृष’ राउत ‘मिस इङ्ल्यान्ड’को फाइनलमा पुगेकी छन्।

बिज्ञापन




फोटो हिट चरण पार गरेर सेमिफाइनलमा पुगेकी उनी सेमिफाइनलबाट पनि अन्तिम प्रतिस्पर्धाका लागि ४० मध्येबाट छनोट भएकी हुन्। १७ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी प्रतिष्ठा मिस इङ्ल्यान्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी हुन्।
मिस इङ्ल्यान्डमा भाग लिन २० हजारभन्दा बढीले आवेदन दिएका थिए। उनी सेमिफाइनलमा इको ड्रेस राउन्ड, लिटल ब्ल्याक ड्रेस राउन्डलगायतका तीन राउन्ड पार गर्दै फाइनलमा पुगेकी हुन्। पब्लिक भोटले उनलाई पब्लिसिटी क्विन उपाधि दिलाएको थियो।