
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशरुबीच छलफल सुरू भएको छ ।

प्रधानन्यायाधीशले ‘मार्गप्रशस्त गर्नुपर्ने’ निर्णय गरेका १४ जना न्यायाधीशहरूसँग प्रधानन्यायाधीश राणाले छलफल थालेका हुन् ।
बिज्ञापन



ती न्यायाधीशहरूको हिजोको बैठकले राणालाई आज भेटेर राजीनामा दिन अनुरोध गर्ने निर्णय गरेको थियो ।

प्रधानन्यायाधीश राणाले भने बीबीसी नेपाली सेवासँगको कुराकानीमा आफू संवैधानिक प्रक्रियाबाट आएकोले संवैधानिक प्रक्रियाबाट मात्रै बाहिरिने बताएका छन् ।