खड्का परराष्ट्र मन्त्रीमा नियुक्त, २ बजे शपथ लिदै

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुभएको छ । खड्काले आजै सपथग्रहण गर्ने तयारी भइरहेको छ ।

दिउँसो २ बजे भित्र उहाँलाई शपथ ग्रहण गराउने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।  खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आउनु भएको थियो । खड्काले अर्थशास्त्रमा पीएचडी गर्नु भएको छ ।

बिज्ञापन

उहाँ सकभर आजै बेलुका संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका  जाने तयारी छ । आज नभ्याए भोलि बिहान खड्कासहितको टोली अमेरिका जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सत्ता गठबन्धनका नेताहरुको हिजोको बैठकमा खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

तर, पार्टी भित्र छलफल नगरेको भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । यस विषयमा आज कांग्रेसको पदाधिकारी बैठकमा छलफल हुनेछ । बैठक बुढानिलकण्ठमा दिउँसो ३ बजे बस्ने छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनका विषयमा पनि छलफल हुनेछ ।  क्रियाशील सदस्यता विवादले १३ जिल्लामा कांग्रेसको वडा तहको अधिवेशन प्रभावित भएको छ ।