
कस्तुरीको बिना र चितुवाको छालासहित दाङका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

बिनासहित पक्राउ पर्नेमा घोराहीको होटेल टु डे प्लाजाबाट घोराही ७ का मोहन बुढा र प्युठानका मदन केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बिनाको तौल ३१ ग्राम २ सय मिलिग्राम रहेकाे बताए ।
बिज्ञापन



प्रहरीले दुवै अभियुक्तलाई जिल्ला त्यसैगरी अर्को घटनामा प्रहरीले चितुवाको तीनवटा छालासहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बैतडीका प्रदीपकुमार विक, विमल औजी र हेमन्त औजी अमिलियाबाट पक्राउ परेका हुन् । वन कार्यालयको जिम्मा लगाएको छ ।
