अर्को वर्ष बेरुजु शुन्यमा झार्छौंः मेयर दाहाल

चितवन — भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अर्को वर्ष बेरुजु शुन्यमा झार्ने बताएकी छन् ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनअनुसार भरतपुर महानगरपालिकाको बेरुजु १० करोड १५ लाख रहेको छ ।

बिज्ञापन

यो बेरुजुको आधा भन्दा बढी पेश्की बेरूजु रहेको मेयर दाहालले बताइन् । अब अर्को वर्ष लेखा परिक्षण गर्दासम्म बेरुजु शुन्यमा झार्ने उनले प्रतिवद्धता जनाएकी छन् ।