
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। मंगलबार बिहान स्वास्थ्यमा समस्या भएपछि प्रम ओलीलाई धापासीस्थित ग्रान्डी अस्पतालमा लगिएको छ ।

अन्य समयमा अस्वस्थ हुँदा तथा नियमित चेकजाँचका लागि प्रमलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लाने गरिएको थियो।
बिज्ञापन



स्रोतका अनुसार प्रधानमन्त्रीलाई सरकारी निवास बालुवाटारबाट नियमित चेकजाँचका लागि ग्रान्डी लगिएको हो।
