बुढानिल्कण्ठमा देउवा, प्रचण्ड र उपेन्द्रसहितका नेताहरुको भेला

काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तीन दलको संयुक्त बैठक चलिरहेको छ । बिहान सभा ११ बजेदेखि बैठक जारी रहेको एक नेताले जानकारी दिए ।

बैठकमा कांग्रेस शीर्षस्थ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेका स्रोतले बताए ।

बिज्ञापन

बैठकमा सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल रहेका छन् । त्यस्तै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, जसपा अध्यक्ष यादव पनि बैठकमा छन् । अहिले कांग्रेसका अर्का महामन्त्री डा. शशांक कोइराला पनि थपिएको नेताहरूले बताएका छन् ।

बैठकमा पूर्वसभामुख ओन्सरी घर्ती मगरलगायत पनि रहेको बताइएको छ । गठबन्धन सरकार बनाउन चुकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (३) अनुसार पुनः नियुक्त भइसकेका छन् । उनले आज दिउँसो २ बले शपथ लिँदै छन् ।