
अछाम : अछामको बयलपाटा अस्पतालमा आफुलाई जबरजस्ती कामबाट निकालिएको झोंकमा एक कर्मचारीले आफ्नै शरिरमा पेट्रोल छर्केर आफैलाई आगोलगाई आत्मदाहको प्रयास गरेका थिए । लगत्तै घाईते भएका उनलाई उपचार गर्दै गर्दा उनको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।

मृतक अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका स्थानीयवासी हुन् ।



बयलपाटा अस्पतालमा सरसफाई ईकाइमा कार्यरत आउजीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरि पठाईएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

मृतक आउजी बिगत दुई बर्ष देखि बयलपाटा अस्पतालमा सरसफाईको काम गर्दै आएका थिए । उनले आफुलाई जागिरबाट निकालिए पछि विहान बेलुकाको छाक टार्न समेत कठिन भएको भन्दै आफ्नै शरीरमा पेट्रोल छर्केका थिए ।
बयलपाटा अस्पतालले आर्थिक संकटको कारण देखाउँदै मृतक आउजि लगायतका ३३ जना कर्मचारीहरुलाई हटाएको थियो ।